लेख्ने कुत्-कुत् लागेपछि कसले पो छेक्न सक्छ र। मैले सबै भन्दा अगाडी थाहा पाएको साहित्यिक विधाको पत्रिका भनेको "गरिमा" हो। हुन त मैले लेख्ने कुराहरु साहित्यको कुन विधामा पर्छ मलाई थाहा छैन, मैले त आफुमा भएको तल तल मेटाउने मात्र प्रयास गर्दैछु। मलाई साहित्य र लेख्नेको "खुजली" अहिले देखि लागेको चाहिँ होइन। म आफुले पढेको कथा, उपन्यास आदिमा खुब रमाउंथें। बेला अनुसार, मैले कमिक्सबाट पढ्न शुरु गरेको हो। स्कुले किताब भन्दा, स्वाभाविक रुपमा कमिक्स नै बढी मन पर्थ्यो। बालाई कमिक्स किनी दिनु भन्दा, " तँ मलाई कमिक्सको एउटा फाइदा भन् न, म तलाईं जति भन्छस् त्यति किनी दिन्छु" भन्नुहुन्थ्यो। त्यो बेला न त मलाई त्यसको फाइदा थाहा थियो न त म घाटा नै केहि देख्थें। त्यहि भएर दमक चोकमा भएको मित-हजुरबाको "श्रेष्ठ बुक्स एंड स्टेशनरी"मा दिन भरि कमिक्स पढेर बस्न मलाई ठिक लाग्थ्यो।
उमेर बढ्दै गए पछि कमिक्सलाई बिट मारेर Novels तिर मन जान थाल्यो। राज कमिक्समा "नागराज" र "सुपर कमाण्डो ध्रुब" का "कारनामा"हरु भन्दा ध्रुब चन्द्र गौतमका उपन्यास र अंग्रेजी Fiction Novelist हरुको लेखाई बढी चित्त बुझ्दो लग्न थाल्यो, तैपनि मैले आजको दिन सम्म पनि कुनै कमिक्स भेटें भने पढ्न चाहिँ छोड़दिन।
मैले जति गफ़ लगाए पनि, मैले ठुलो शहरको स्कूल पढेको होइन। सन् १९९९ मा S.L.C पास गरेको बेला दमक कहाँ अहिलेको जस्तो थियो र। मलाई अझ सम्म लाग्छ, मेरो अंग्रेजीको आधार भनेको शारदा मिसले पढाएको Grammar र हरिनारायण सरले लेखाएको Essays हो। सुरु सुरुमा अंग्रेजी उपन्यास पढ्न बस्दा नबुझेको एक दुई वटा शब्दको अर्थ या त Dictionaryमा खोज्थें होइन भने मिल्दो अर्थ जे लाग्छ, त्यहि हो भनेर मानेर पढ्थें। साँचै भन्नु पर्दा खेरि, मैले पहिलो पल्ट अलि ठुलो लाईब्रेरी देखेको भनेको काठमाडौँमा शंकर देव पढ्दा मात्र हो। मेरो स्कूलमा त त्यो बेला लाईब्रेरी छदैं थिएन। दस जोड दुई पढ्दा लाईब्रेरी भनेको एउटा किताब कोचेको कोठा थियो, जहाँ किताब छान्ने होइन, एउटा ग्रिल भएको झ्यालबाट सर संग मागेर लिने गर्नु पर्थ्यो। त्यो भन्दा बिजोग हालत भएको लाईब्रेरी यहि ठुलो शहरमा भएको नामूद कलेजको थियो। त्यस्तो लाईब्रेरी भन्दा त नभएको नै ठिक। एउटा बिषयको दुई देखि तिनवटा किताब, त्यहाँ देखि बाहेक भनेको दैनिक पत्रिका मात्र। अनि कहाँ पाउनु त्यस्तो ठाउँमा आफुलाई चाहिने किताब। त्यहाँको coordinator लाई भन्दा, सधैं एउटै जवाफ आउंथ्यो,"किताब त reference को लागि हो नि। २ - ३ वटा भए पुगिहाल्छ, कहाँ लाईब्रेरीमा dependent भएर हुन्छ र"। त्यहि बेलाको झ्वाँक होला अहिले सम्म म मा रहेको।
खासमा मैले जाने सम्म टाढा टाढा सम्म मेरो कोही पनि नातेदार छैन जसले नेपाली साहित्यमा केहि योगदान गरेको होस् , अब अंग्रेजीको त कुरै नगरौं, हुन त मैले नै के पो गरेको छु र। अहिले सम्म मैले गरेको भनेको, पढाई तुर्याएर जागिर खाएको हो। जागिर पनि यस्तो नौटंकी ढंगको परेको छ। हुन त बिषयगत जागिर नै हो, तर आफु परें Marketing पढेको, जागिर छ Treasury भन्ने बिभाग, जहाँ अंक र नम्बर बाहेक केहि भए त मरीजाउँ। यहि झोंकमा एक दिन सेन्ट ज़ेविएर्स क्याम्पसमा अंग्रेजीमा एम ए को भर्ना खुलेको देखेर फारम लिन गएँ। अलि अलि मात्र खुशी भएको थिईन त्यो दिन, बल्ल आफुलाई शोख लागेको बिषय पढ्ने मौका मिल्यो भनेर। Entrance Exam दिएँ, र त्यसमा दोस्रो भएको रहेछु। पहिलो त जिन्दगीमा म एक पल्ट मात्र भएको छु, आफ्नो आमा बाउको पहिलो सन्तान ( पहिलो भने पनि भयो, अन्तिम भने पनि भयो) त्यस बाहेक मेरो पहिलो भएको भनेर धक्कु लगाउने कुरा नै केही पनि छैन। जाँच पास भएपछि, अन्तरवार्तामा, बि ए मा अंग्रेजी मेजर लिएको हुनु पर्छ भनेपछि म खंग्ग्रंग भएँ तर जे भए पनि बि ए अंग्रेजी मेजरहरुको भीडमा दोस्रो त भएको थिएँ भनेर चित्त बुझाएँ।
Nishil
18/09/2012

No comments:
Post a Comment