नेपालीको राष्ट्रियता कहाँबाट जाग्छ कुन्नि बेला बेला। बिचरा जनतालाई अहिले खायो भरे के खाउँ, भरे खायो भोलि के खाउँ भन्ने गरि महंगी बढेको छ। विदेशमा पैसा कमाउने सपना बोकेर गएकाहरु लाश बनेर फर्किन थालेको धेरै भैसक्यो। अहिले पनि यहाँ भएका नेपालीहरुलाई सोध्ने हो भने, आधा भन्दा बढीको सपना विदेश गएर आफ्नो भविष्य सुनौलो बनाउने नै हुन्छ।
आफुले थाहा नपाएको बाटो हिंड्नलाई होस् या आफुले गर्न नसक्ने काम होस्, हामी त्यसको लागि एउटा अगुवा खोज्छौं। कालान्तरमा ति अगुवाहरुलाई नै शायद नेता भनेर नामकरण गरेको हुनुपर्छ। नेता, यानी नेतृत्व गर्न सक्ने अगुवा। शुरुवात त राम्रै रूपमा भएको हुनु पर्छ, अझै पनि राम्रो संग बाटो देखाउने मान्छे त छन् यो दुनियामा, शायद हाम्रै देशमा मात्र यसको अनिकाल लागेको हुनुपर्छ।
जति बेलाको कुरा मैले उल्लेख गर्न खोजेको हो, त्यो समय ताका म हुन त धेरै सानो थिएँ तर पनि मलाई थाहा छ, हामी नेपाललाई हिन्दु राष्ट्र भनेर गर्व गर्दा कसैलाई पनि पीर पर्दैन थियो। हाम्रो देश "चार जात र छत्तिस वर्ण" को भनेर छाती फुलाउंदा कसैले जातीय विभेदको कुरा निकाल्दैन थियो। "श्रीमान गम्भीर नेपाली" गाउँदा सधैं छाती फुलेल र शीर नतमस्तक हुन्थ्यो।
तार्किक रुपमा भन्नेहरुले, समयको चाहना भन्लान या कुनै अर्को शब्दले तर्क देलान तर पनि "श्रीमान गम्भीर नेपाली" देखि "सयौं थुंगा फूलका हामी" सम्मको यात्रालाई मेरो परिभाषाले समयको चाहना भन्दा पनि लूटको छूट भन्ने उपर्युक्त भेट्छ। न त म इतिहासविद् नै हो, न त राजनीतिज्ञ, तर पनि यति थाहा छ, जुन बेला हामी गर्व गरेर "श्रीमान गम्भीर नेपाली" गाएर नेपालीपनमा गर्व गर्थ्यौं त्यो अहिले न त कसैमा देखेको छु, न त कसैमा देख्ने आस नै गरेको छु। प्रत्येक राष्ट्रमा एउटा कर तिर्ने नागरिक सम्मानको हकदार हुन्छ, किनकी उसले कर देशको बिकासको लागि भनेर तिरेको हुन्छ। आज, प्रत्येक महिनामा मेरो तलबमा कर कट्टी हुँदा म आफैंमा हीनता बोध हुन्छ। कर त कट्टा भयो तर के क लागि? यो प्रश्नले मेरो पिछा कहिले छोड्न सकेन।
छिमेकी भनेको एक आपसलाई सहयोग र सदभावको भावना राख्ने नाता हो। कम्तिमा समाजशास्त्रले चाहीं यहि भन्छ। अहिले हामीले देख्दै भोग्दै र सुन्दै आएको कुरामा छिमेकीको परिभाषा परिवर्तित देखिन्छ। अहिले छिमेकी भनेको इर्ष्या, डाहा र देखासिकीको माध्यम बनेको छ। यहाँ कुनै नेपालीले देशद्रोह गरेपनि कसैको राष्ट्रियता जाग्दैन, नत्र खुलेआम भ्रष्टाचार गर्नेहरु किन अझै सम्मानितहरुमा गनिन्छन्? कि त भ्रष्टाचारलाई देशद्रोह हो भन्नु भएन। नत्र, राष्ट्रको कोष दुरुपयोग सांचैको मानेमा देशद्रोह हो।
नेपालीको राष्ट्रियता त्यो बेला जाग्छ, जुन बेला अमेरिकामा, कुनै जुत्ता कम्पनीले आफ्नो जुत्तामा बुद्धको चित्र छाप्छ। जुन देशमा आफ्नो देशको झन्डा भएको कट्टु पनि लगाउँछन् , त्यस्तो देशमा यो कुनै ठुलो कुरा नै होइन। हाम्रो नेपालीत्व त्यति बेला जाग्छ जतिबेला एउटा भारतीय कलाकारले नेपाल मन पर्दैन भन्छ, जबकी त्यो भनेको पनि थिएन। (त्यो काण्डमा Rendezvous with Simi Girewal हेर्ने मध्यको म पनि एक हो)। हिन्दी चलचित्रलाई रोक लगाउनुमा हामी राष्ट्र प्रेम महसुस गर्छौं।
हाम्रो देशमा छिमेकीको इर्ष्या गर्ने बेलामा राष्ट्रियता हावी हुन्छ, अरु बेला हावा हुन्छ। नेपालमा यहि एउटा छिमेकी नभएको भए, न त जनताले खान पाउँथे, न त लाउन नै। अर्काको प्रगति देख्न नसक्नेले आफुले त्यो भन्दा धेरै प्रगति गरेर देखाउन सके पो साँच्चै अर्थमा केहि भन्न मिल्छ नत्र यो इर्ष्या र डाहाको मात्र राष्ट्रियता कहिले सम्म र किन जगाई राख्ने?

No comments:
Post a Comment