आ ... कत्ति खानु यो जागिर पनि ... कुन दिन सुर चढ्छ, छोडिदिन्छु! यो विचार आफ्नो जागिरे जीवनमा कति जनाले ल्याएको छैन होला र ! म यो मामलामा पनि पहिलो चाहिं होइन। सधैं घर - जागिर , जागिर-घर।
क्याम्पस पढुन्जेल, "पढ्न त पढियो, अब चट्ट एउटा जागिर पाए त " हुन्थ्यो सधैं मनमा खेल्ने कुरा। पेट पाल्नलाई होस् या समय फाल्नलाई , कनि - कुथी सबैले केहि न केहि जागिर खाएकै छन्। जागिर पाउने बेलामा गर्नु पर्ने जि - हजुरी र लगाउनु पर्ने सोर्स - फोर्स, ज्याक त छदैं छ। अब जागिर पाए पछि अर्को पिरलो, आफु सुरु सुरु हिंडेर कार्यालय जाँदै गर्दा कि त पानी पर्छ, कि त सधैं हत्तार हुने त्यो भटभटेले हिलो छ्याप्छ, होइन भने बाटो काट्न पनि पालो नपाएर नपाएर ढिलो हुन्छ। त्यसमाथि हाकिमको जातै बेइमानी, सधैं जसो ढिलो भएको बेलामा उ पहिले नै पुगेर कुर्सीमा बिराजिसकेको हुने। बल्ल तल्ल झुक्किएर समयमा पुगेको दिन, उसको भुँडी हल्लाउँदै एघार बजे तिर मात्र सवारी हुने।
उहिले एउटा किताबमा पढेको थिएँ, "कुनै कुरामा आफु निर्धो भएको महसुस भयो भने आफु भन्दा तलको तप्काकोलाई हेर्नु, सबै ठिक लाग्छ"। मान्छेको जात न हो, कहाँ भनेको टेरिन्छ र! किताबको उपदेशमा आफ्नो भागको सप्रसङ्ग व्याख्या थपियो, " सधैं तलको तप्का तिर हेर्न थालें भने त कहिले प्रगति गर्नु?" आफ्नो ब्याख्या न पर्यो, किन छोड्ने भन्दै आफु भन्दा माथि नै नजर दौडाउन शुरु भयो। आलो काँचो मान्छे, भर्खर जागिर सुरु गरेको, माथि भएकाहरु भनेको त आकाशको फल आँखा तरी मर नै थियो नि। पिलन्धरे ज्यान भएको मलाई, ट्याम्के भुँडी हल्लाउँदै आउने हाकिम देखेर खुब आरिस लाग्थ्यो।
जसो तसो एउटा समय कटाउने जागिर खाईराखेको बेलामा मैले बैंकमा जागिर पाएको, भुइँमा खुट्टा भएनन्। म पनि अब सानो मान्छे त कहाँ हो र भन्ने फुर्ति चढीहाल्यो। हुन पनि हो नि, पाईरहेको तलबको दोब्बर भन्दा पनि बढीको जागिर, त्यो पनि बैंकमा। शुरुको दुई -चार दिन त, के गर्ने र कसो गर्ने भन्ने अत्यास मै बित्यो। नयाँ ठाउँको चमक-दमक, ठुलो अफिस, घाँटीमा टाई झुन्डाएर हिंड्न पाउँदा, के के न पाए जस्तो भएको थियो।
समय कति छिटो बित्छ भन्ने हिजो आज तिर मात्र भेउ पाउँदैछु। पहिलो पल्ट बैंकमा जागिर पाएको खुशियाली मनाएको छ वर्ष भन्दा अलि माथि भैसकेछ। यो छ बर्षको अन्तरालमा मैले दुईवटा बैंकको मानव संशाधन बिभागलाई राजिनामा बुझाईसकें। प्रत्येक ठाउँमा राजिनामा बुझाऊंदा, "अब चाहिं यो बैंक छोड्दिन, मैले खोजेको सुबिधा पनि मिल्यो, काम पनि ठिक छ, मस्ती भइहाल्यो नि" भन्ने भावना थियो । तर उही त हो नि, मान्छेको जात, के ले पो चित्त बुझ्छ र। खै के खै के कुराले मनमा अड्को थाप्छ, दिमागमा बाह्र सत्ताइस कुरा घुम्छ अनि दिनभरि घोसे मुन्टो लगाएपछि निष्कर्ष यहि आउँछ "आ ... कत्ति खानु यो जागिर पनि ... कुन दिन सुर चढ्छ, छोडिदिन्छु!"
Nishil
20/09/2012

Oho! Testo bhai halcha ni... aaa je sukai hos chod dinchu yo jagir sagir... ha ha ha ...nice man
ReplyDeleteOho! Testo bhai halcha ni... aaa je sukai hos chod dinchu yo jagir sagir... ha ha ha ...nice man
ReplyDelete