"जिम" जाने लहड कुनै न कुनै अवस्था मा सबैलाई एकपल्ट लागेकै हुन्छ। देखासिकीमा होस् या त मोटोपनले गाँजेर अथवा अलि स्वस्थ बसौं भन्ने चाहना होस् हामी एक न एक पल्ट छिर्छौँ नै। मेरो घटना पनि यी माथि मध्येकै एक हो। बिहान उठेर खाना खायो अनि दिनभरि कार्यालयमा बस्यो बेलुका घर फर्कियो खाना खायो अनि सुत्यो। यही नै थियो दिनचर्या। शरीरमा परिश्रम हुने भनेको त्यही खप्परको मात्र हो, भेजा फ्राई गर्ने।
यही दिनचर्या चल्दै जाँदा एक दिन घरमा टि-शर्ट लगाउने क्रममा ऐना हेरें अनि देखें, त्यो टि-शर्ट मुनिबाट चियाउँदै गरेको पेट। खासै उमेर त खाएको थिईन, ३० को हाराहारी, यसैगरी पेट बढ्दै गयो भने के होला भन्ने सोच्न पुगें। त्यसमाथि अनुवंशिक (Genetic) रुपमा मलाई मधुमेह (Diabeties) को खतरा र शारीरिक रुपमा निस्क्रिय हुँदा त्यसको खतरा झनै बढ्ने । फेरी ज्यान पनि यति नराम्रो गरि लागेको थियो के भन्नु र फुलेको भनेको पेट मात्र थियो। बाँकी ज्यानलाई पेट बढेको संग केहि मतलब नै नभए जसरी, पाखुरा लुखुरे अनि छाती कुखुरे।
हुन त एक बेला ज्यान बढाउने ध्याउन्न लागेर जिम छिरेको हो, धेरै पहिला, तर ६ महिना देखि मास्तिर एक दिन पनि टिकेको भए त मरिजाउँ। "जाउँ कि क्याहो म पनि जिमखाना" भन्ने गीत बाट प्रेरित भएर गएको उत्साह कति दिन पो टिक्थ्यो होला र।
कार्यालयका दुईजना भाईहरु त्यहि ज्यान बढाउने सुरमा थिए, जुन अवस्थामा म पहिलो पल्ट जिम गएको थिएँ, त्यहि अवस्थामा थिए। जाउँ न त उनीहरु संगै भनेर, मन मनै कम से कम छ महिना त जसै गरि टिक्छु भनेर अठोट गरें। त्यतिन्जेल सम्म त पेट अलि सम्मिन्छ होला भन्ने आस गरेर ९ इन्चीको बाहुबली पाखुरा र ३१-३२ इन्चीको चौडा छाती अनि पिल्टिक्क परेको पेट लिएर जिम छिरें।
ति दुई जना भाईहरुले छ - आठ महिना पछि साथ छोडे तर खोई के ले हो पेट घटाउन ब्यायाम शुरु गरेको, पेट सम्म भए पछि ज्यान बनाउन तिर लागें, फेरी ज्यान बनाउने नै भनेर शारीरिक सुगठन प्रतियोगितामा जाने गरी नै गरेको पनि होइन। त्यसको लागि न त परिश्रम नै पुग्छ न त खान्की नै अनि त्यो उमेर पनि छैन र रहर पनि छैन।
आजको मितिमा, कम से कम छ महिनाको लागि जिम छिरेको म पाँचौ वर्ष कटेर छैठौं बर्षमा छु। गए पछि पनि पिरलो कम हुने त होइन। शुरुमा खान्की सिक्नु पर्ने। यो खान हुने, यो नहुने, र यो चैं खानै पर्नेको फेहरिस्त।
यी सबै संग संगै साथी भाईहरुको कुरा पनि सुन्नु पर्ने। कसैले गर्न छोडे पछि त फेरि मोटाइन्छ भन्छन्। नगर्दा चैं को दुब्लाको छ र ? कतिले कहिले सम्म गर्नु पर्छ भन्ने। कहिले सम्म गर्नु भन्नलाई म को हो र ? जहिले सम्म जाँगर चल्छ त्यति बेला सम्म गर्ने हो।
येस्सो बेला मौकामा सेटारो हान्न पनि पछि पर्दैनन् साथी भाइहरु, हाफ बाहुलाको टि शर्ट लगाउँदा पाखुरा देखायो भन्ने देखि टन्न खाजा खाए पछि तेरो त पेट लागेछ भन्ने सम्म भए, मेरो चैं पेट देखिए मैले पाप नै गरे जस्तो।
ए साँची मेरो त नाम पनि छ, फलामका डल्ला उचाल्ने भएर , "डल्लेश्वर"।

Good one, liked it.
ReplyDelete💖👍👍👍👍👍
ReplyDelete